जापानमा धनाढ्यहरुले कर नतिरी लुकाएको कर योग्य आम्दानी नयाँ उचाईमा November 25, 2022 Nij News No Comments टोकियो । जापानमा धनाढ्यहरुले यस अघि कहिले नदेखिएको स्तरमा करयोग्य आम्दानी लुकाएका छन् । यहाँको राष्ट्रिय कर विभागले गरेको अनुसन्धानले यस्तो देखाएको हो । बिहीबार विभागले बताएअनुसार यसले जुनसम्मको एक वर्षमा करबारे छानबिन गरेको थियो । यस क्रममा धनाढ्य जापानीहरुले सार्वजनिक नगरिकन ८३ अर्ब ९० करोड डलर बराबरको कर योग्य आय लुकाएको पाइएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ७२ दशमलव ३ प्रतिशत धेरै हो । सन् २०२१ मा पनि धनीहरुले लुकाएका कर योग्य आम्दानी सन् २००९ यताकै उच्च स्तरमा उक्लिएको थियो । समीक्षा अवधिमा कर छलीसम्बन्धी छानबिनका मामिला ३ दशमलव २ प्रतिशतले बढेर २ हजार २२७ मा पुगेको थियो । समीक्षा अवधिमा जरिवाना करबापत २३ अर्ब ८० करोड डलर उठेको छ । यो पनि अघिल्लो वर्षको भन्दा दुई गुणा भन्दा धेरै भएको बताइएको छ । धनी जापानीहरुले विदेशमा लगानी गरेर यसबाट भएको आम्दानी जापान सरकारसँग लुकाउने प्रवृत्ति बढ्दा अघोषित कर योग्य आम्दानीको आकार बढेको विश्लेषण गरिएको छ । कर प्रणालीमा निष्प...